• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
लिग समिक्षा : उपाधि होडबाट थ्री स्टार बाहिर
नमीन ढकाल
शुक्रबार, माघ १७, २०७६ नमीन ढकाल
लिग समिक्षा : उपाधि होडबाट थ्री स्टार बाहिर

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत नवौं चरणको खेल सकिदा उपाधि होड र रेलिगेशन क्षेत्र रोमाञ्चक मोडमा पुगेको छ ।

नवौं चरणको खेल सकिदा उपाधि होडमा रहेका शीर्ष ३ क्लब र रेलिगेशन क्षेत्रमा रहेका अन्तिम ३ क्लबको अंक तालिकामा धेरै अग्रता नहुँदा लिगको उपाधि र रेलिगेशन रोमाञ्चक मोडमा पुगेको हो ।

विभागीय टिम त्रिभुवन आर्मी क्लब २० अंक जोडेर लिगको शीर्ष स्थानमा रहेको छ । पहिलो पटक लिग जित्ने बाटोमा रहेको आर्मीलाई शीर्ष स्थानमा १ अंकको अग्रता रहेको छ । दोस्रो स्थानमा रहेको मछिन्द्र फुटबल क्लबको १९ अंक छ ।

गत सिजन खराब प्रदर्शन बाबजुद मछिन्द्रसँग सुरुवातबाटै एक अंक खोसिएको थियो । यस्तै मछिन्द्रसँग समान अंक भएपनि साबिक विजेता मनाङ मर्स्याङ्दी क्लब कार्डको आधारमा तेस्रो स्थानमा छ । ९ खेल खेलेको मनाङ चालु लिगको एक मात्रै अपराजित टिम हो ।

'ए' डिभिजन लिगको ४ पटकको विजेता थ्री स्टार क्लब भने उपाधि होडबाट बाहिरिएको छ । ९ खेलमा ४ मात्रै जित हासिल गरेको थ्रीस्टार १४ अंक सहित तालिकाको पाचौं स्थानमा छ ।

सोमबार मछिन्द्रसँग २–० ले पराजित भएपछि थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीले आफ्नो टिम उपाधि होडबाट बाहिरिएको बताए ।

‘मछिन्द्रसँग केटाहरुले राम्रो खेलेका हुन् । प्रदर्शनबाट खुसी छु । तर हामी उपाधि होडबाट बाहिरिएका छौं । मछिन्द्रसँगको जस्तै प्रदर्शन भए अब हामी शीर्ष ६ को लागि प्रतिस्पर्धा गर्छौ,’ गत सिजन टिमलाई तेस्रो स्थान दिलाएका केसीले भने ।

यता, १५ अंक सहित तालिकाको चौथो स्थानमा रहेको न्युरोड टिम एनआरटीले पनि आफु शीर्ष ६ का लागि खेल्ने बताएको छ । शीर्ष स्थानको आर्मी भन्दा ५ अंकले मात्रै पछि रहेको एनआरटीले आफु उपाधि होडमा नरहेको बताएको छ ।

‘आर्मीसँग ५ अंकको अग्रता छ । हामी उपाधि होडमा रहँदैनौं । हाम्रो मुख्य लक्ष्य शीर्ष ६ हो । राम्रो नतिजा आए दोस्रो र तेस्रौ स्थानको लागि प्रतिस्पर्धा गर्छाै,’ लिगको सुरुवातबाटै २ अंक गुमाएका एनआरटीका प्रशिक्षक राजु काजी शाक्यले भने ।

यता, शीर्ष ३ क्लबले आफुहरु उपाधि होडमै रहेको बताईरहँदा रेलिगेशन क्षेत्र पनि उस्तै रोमाञ्चक स्थितिमा पुगेको छ । मंगलबार पुछारमा एक अंक मात्रै रहेको सरस्वती युथ क्लबले हिमालयन शेर्पाविरुद्ध नाटकिय रुपमा जित हासिल गरेसँगै रेलिगेशन क्षेत्र झनै रोमाञ्चक स्थितिमा पुगेको हो ।

अखिल नेपाल फुटबल संघ एन्फाले यस अघि बिना रेलिगेशनको लिग आयोजना गरेपनि यस पटक एक टिम दोस्रो डिभिजनमा घटुवा हुने बताएको छ । जसका लागि कोटेश्वरको सरस्वती युवा क्लब, विभागीय शसस्त्र प्रहरी बलको एपिएफ र हिमालयन शेर्पा क्लबको प्रतिस्पर्धा चलिरहेको छ ।

अन्तिममा रहेको सरस्वतीको ४ अंक रहेको छ । पुछारबाट दोस्रोमा रहेको एपीएफको ५ अंक रहेको छ । मंगलबार सरस्वतीसँग पराजित भएको शेर्पाको ७ अंक रहेको छ ।

लिगमा ४ खेल बाकी रहँदा सरस्वतीले पुनरागम गर्ने बताएको छ । उसका प्रशिक्षक प्रदिप नेपाल बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्दै घटुवा हुनबाट आफ्नो टिमलाई बचाउने दाउमा छन् ।

‘यो खेल –शेर्पाविरुद्ध) हारेको भए हामी लगभग रेलिगेशन हुन्थ्यौ । अब, अन्य खेलमा झनै राम्रो गर्दै बच्ने प्रयास गर्छाै,’ पछिल्लो ७ वर्षबाट क्लबमा हेरिरहेका उनले भने ।

सरस्वतीको एक जितले एपीएफ र शेर्पालाई भने चिन्ता बढेको छ । कतै आफ्नो टिम पो घटुवा हुने हो कि भन्ने ।

यता, शीर्ष ३ क्लबलाई छाडेर हेर्ने हो भने अन्य क्लबले आफुहरु शीर्ष ६ का लागि खेल्ने बताएका छन् ।

यस पटक शीर्ष ६ मा रहने टिमले राष्ट्रिय लिग खेल्न पाउनेछन् । शीर्ष ६ क्लब र एन्फा प्रेसिडेन्ट कपको शीर्ष ४ टिमबीच राष्ट्रिय लिग आयोजना हुने एन्फाले तयारी गरिरहेको छ ।

अहिले शीर्ष ६ का लागि एनआरटीसँगै थ्रीस्टार, पुलिस, जावलाखेल, संकटा, फ्रेन्ड्स, च्यासल र ब्रिगेड ब्वाईज प्रतिस्पर्धामा रहेका छन् ।

तालिकाको छैठौं स्थानमा रहेको पुलिसको १४ अंक रहेको छ । यस्तै सातौ स्थानको जावलाखेलेका १२ अंक छ । समान १२ अंक रहेको संकटा गोल अन्तरका आधारमा आठौं स्थानमा छ । ११ अंक रहेको फ्रेन्ड्स नवौं स्थानमा छ । ७ अंक रहेको च्यासल दशौं स्थानमा रहँदा ८ अंक रहेको ब्रिगेड ११ औं स्थानमा छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल–भारतको नजर समूह विजेतामा
नेपाल–भारतको नजर समूह विजेतामा
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपाल–भारतको नजर समूह विजेतामा
नेपाल–भारतको नजर समूह विजेतामा
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP