एजेन्सी । चीनको शीर्ष डिभिजन लिग फुटबल सुपर लिग नयाँ सिजन अनिश्चित बनेको छ ।
चीनमा फैलिएको कोरोना भाईरसको कारण सुपर लिग फुटबल अनिश्चित बनेको हो ।
चिनियाँ सुपर लिग फुटबल फेब्रुवरी २२ देखि ३१ अक्टोबरसम्म हुने गर्छ । तर, विश्वमा तीव्र गतिमा फैलिएको कोरोनाको कारण अनिश्चित बनेको हो । कोरोनाको कारण चीनमा १ सय ७० जनाको मृत्यु भईसकेको छ ।
चीनले प्रतियोगिता सुरु हुने नयाँ मिति तोकेको छैन ।
कोरोनाको कारण चीनमा तय भएका अन्य ठुला खेलकुद प्रतियोगिता समेत प्रभावित भएको छ ।