काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले न्युरोड टिम एनआरटी र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा एनआरटीले २-० गोलको अग्रता बनाएको छ । तर, एनआरटीविरुद्ध ब्रिगेडका कप्तान अनिल गुरुङ पेनाल्टीमा गोल गर्न चुकेका छन् ।
खेलको ६२ औं मिनेटमा पाएको पेनाल्टीमा अनिल चुक्दा ब्रिगेडले खेल २-१ को बनाउने मौका गुमाएको छ । अनिलको प्रहार एनआरटीका गोलरक्षक अजित प्रजापतिले रोकिदिए ।
यस सिजन अनिल गोल विहीन रहेका छन् । अनिलले २०७० पछि लिगका गोल गरेका छैनन् ।
त्यसअघि खेलको ३२ औं र ५२ औं मिनेटमा राजेश परियारले गोल गर्दै एनआरटीलाई २-० को अग्रता बनाएका थिए ।