काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले न्युरोड टिम एनआरटी र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा एनआरटीले १-० गोलको अग्रता बनाएको छ ।
खेलको ३२ औं मिनेटमा वैकल्पिक खेलाडी राजेश परियारले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका हुन् ।
मैदानको दायाँ भागबाट दर्शन गुरुङले उपलब्ध गराएको पासलाई डिबक्स भित्र रहेका राजेशले सदुपयोग गर्दै गोल गरे । राजेश २२ औं मिनेटमा क्रिषण कुमारको स्थानमा मैदान छिरेका थिए ।