काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले च्यासल युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा च्यासल र फ्रेन्ड्सले गोलरहित बराबरी खेलेका छन् ।
ललितपुरे डर्बी भिडन्तमा दुवै टोलीले पहिलो हाफमा पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।
च्यासल ८ खेलबाट ९ अंक सहित नवौं स्थानमा छ । फ्रेण्ड्स भने ८ अंक सहित ११ औं स्थानमा छ ।