एजेन्सी । इन्टर मिलान कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा फियोरेन्टिनालाई २-१ गोल अन्तरले पराजित गर्दै इन्टर सेमिफाइनलमा प्रवेश गरेको हो ।
घरेलु मैदानमा एन्टोनियो कानड्रेभाले ४४ औं मिनेटमा गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ।
६० औं मिनेटमा मार्टिनले गोल गर्दै फियोरेन्टिनालाई १-१ गोलको बराबरीमा फर्काए ।
तर, खेलको ६७ औं मिनेटमा निकोला बरेलाले गोल गर्दै इन्टरलाई २-१ को जित दिलाए ।
फियोरेन्टिनासँगको खेलसँगै क्रिस्टियन एरिक्सनले इन्टरमा डेब्यु गरेका छन् । इन्ग्लिश क्लब टोटेनहमबाट इन्टर पुगेका एरिक्सन दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।
इन्टरले अब फाइनल प्रवेशका लागि नापोलीसँग खेल्ने छन् ।
