एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको अन्तिम १६ को खेलमा पाउलाई २-० गोल अन्तरले हराएर पीएसजी क्वाटरफाइनलमा पुगेको हो ।
तेस्रो डिभिजन क्लब पाउको मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन लिन्ड्रो द्यानीयल पारेडेस र पाब्लो साराबियाले एक एक गोल गरे ।
अधिकांस दोस्रो रोजाईका खेलाडीसहित मैदान उत्रिएको पीएसजीले खेलको २५ औं मिनेटमा द्यानीयलको गोलबाट अग्रता बनाएको थियो ।
त्यसपछि खेलको ५३ औं मिनेटमा साराबियाले गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए ।
यस्तै मार्सेली पनि अन्तिम आठमा पुगेको छ । मार्सेलीले स्ट्रासवर्गलाई ३-१ गोल अन्तरले पराजित गर्यो ।
