एजेन्सी । भारतीय राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड बाला देवी युरोपकै चर्चित क्लब रेन्जर्समा अनुबन्धित भएकी छिन् ।
स्कटल्याण्डको क्लब रेन्जर्सले बाला देवीलाई १८ महिनाको लागि टिममा अनुबन्ध गरेको छ ।
रेन्जर्समा अनुबन्ध भएसँगै २९ वर्षीय बाला देवी युरोपियन क्लबमा व्यवसायिक फुटबल खेल्ने पहिलो भारतीय महिला खेलाडी बनेकी छिन् ।
भारतका लागि सर्वाधिक गोल कर्ता वाला देवीलाई रेन्जर्सले मणिपुर पुलिस स्पोर्ट्स क्लबबाट टिममा अनुबन्ध गरेको हो ।
बाला देवीले भारतको लागि ५८ खेलमा ५२ गोल गरेकी छिन् । यस्तै १०० भन्दा बढी घरेलु प्रतियोगितामा गोल गरेकी छिन् ।
