काठमाडौं । चौथौं संस्करणको मादी नगर रनिङ कप पुरुष फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
आयोजक हाङथुङ क्लबले भोली (शुक्रबार) बाट सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा अमर ज्योती युवा क्लब मोरङ र मिरमिरे क्लब संखुवासभाबीच प्रतिस्पर्धा हुनेछ ।
आयोजक हाङथुङ क्लबले सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा समूह 'ए' का दुई टिम अमर ज्योती र मिरमिरे क्लब भिड्ने भएका हुन् ।

उद्घाटन खेल दिउँसो ३ बजे हुनेछ । यस्तै दोस्रो खेलमा समूह बीका दुई टिम एड्भान्स क्लब संखुवासभा र छथर गाउँपालिका तेह्रथुम भिड्नेछन् ।
यस्तै, तेस्रो खेलमा समूह एको देउराली क्लब धनकुटा र आदर्श युवा क्लब झापा तथा चौथो खेलमा समूह बीको फियर फुटबल क्लब र हाङथुम क्लब संखुवासभाबीच प्रतिस्पर्धा हुनेछ ।
फाईनल खेल माघ २० गते हुनेछ ।
प्रतियोगिता माघ १६ देखि २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ८ टिम सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले १ लाख १५ हजार र उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
विधागततर्फका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।