• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
संकटामाथि मनाङको सानदार जित
नमीन ढकाल
बुधबार, माघ १५, २०७६ नमीन ढकाल
संकटामाथि मनाङको सानदार जित

काठमाडौं । साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा सहज जित निकालेको छ । 

एन्फा कम्ल्पेक्स सातदोबाटोमा बुधबार भएको खेलमा मनाङले साविक उपविजेता संकटा क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

मनाङको जितमा अन्जन बिष्ट र निशान लिम्बुले एक एक गोल गरे । मनाङले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको ४२ औं मिनेटमा अमित तामाङको आत्मघाती गोलबाट मनाङले सुरुवाती अग्रता बनाएको थियो । अन्जनको हेड बल क्लियर गर्ने क्रममा अमितले आफ्नै पोस्टमा गोल गरेका थिए  ।

त्यसको एक मिनेट नबित्दै ४३ औं मिनेटमा अन्जनले गोल गर्दै मनाङलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७१ औं मिनेटमा निशानले डिबक्स नजिकैबाट उत्कृष्ट गोल गर्दै मनाङलाई ३-० को सहज जित दिलाए ।

खेलमा मनाङका अन्जन म्यान अफ दि म्याच चुनिए ।

संकटाविरुद्ध गोल गरेपछि हेलिकप्टर दुर्घटनामा निधन भएका बास्केटबलका महान खेलाडी कोबी ब्रायन्टलाई सम्झदै मनाङका खेलाडी ।

जितसँगै लिगमा मनाङले अपराजित यात्रा कायम राखेको छ । मनाङ लिगमा अपराजित रहने एक्लो टिम हो ।

संकटालाई हराएसँगै मनाङले ९ खेलमा १९ अंक जोडेको छ । मनाङ तेस्रो स्थानमा रहेको छ ।

दोस्रो स्थानको मछिन्द्र फुटबल क्लबसँग समान अंक भएपनि मनाङ गोल अन्तरमा पछि रहेको छ । शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबको २० अंक रहेको छ ।

संकटा १२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

के भन्छन् प्रशिक्षक ?

जितपछि मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले लिगको आठ खेलपछि टिमले उत्कृष्ट खेलेको बताए ।

'८ खेलपछि राम्रो खेल भयो । यहि मैदानमा ट्रेनिङ गर्न पाए राम्रो हुन्छ । अहिले सम्मकै सबैभन्दा राम्रो खेल्यौं,' प्रजापतिले भने, 'खेलाडी प्रेणित भएका छन् । यसलाई निरन्तरता दिनु पर्छ । यो सिजन निकै कठिन छ । अर्को खेल पनि कठिन हुन्छ। कोहि भन्दा कोहि कम छैन । कसैलाई कमजोर आक्दैनौ ।'

संकटाका प्रशिक्षक विजय महर्जनले पहिलो हाफको अन्तिम समयमा दुई गोल खाएपछि खेलमा फर्किन कठिन भएको बताए ।

'४० मिनेटसम्म राम्रो थियो । यसपछि दुई गोल भयो । यहिँ ब्याड लक भयो । दुई गोलले गाह्रो भयो । टर्निङ पोइन्ट नै यहि भयो,' उनले भने, 'त्यसअघि हामीले दबाब दिइरहेका थियौं । चार खेल अझै बाँकी छ । शीर्ष ६ का लागि हामी प्रतिस्पर्धा गर्छौं ।'

मनाङ प्लेईङ सेट -
कमल श्रेष्ठ, फ्लोरेन्ट कोने,दिप कार्की, दयानन्द सिंह,आदित्य चौधरी,पुजन उपरकोटी,भिदाल लुइस,फेमी जोसुवा,निशान लिम्बु, अन्जन बिष्ट, बिमल राना

संकटा प्लेईङ सेट -
लक्ष्मन रुचाल,अमित तामाङ,मासोके ओलुमाउ ,विष्णु सुनार सुबास गुरुङ,विनय श्रेष्ठ, राजेन्द्र रावल,अजयी मार्टिन्स,कर्ण लिम्बु,रोमन लिम्बु, रबि सिलवाल

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
umbro nepal
  • ताजा समाचार
  • खेल आज
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP