काठमाडौं । राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्दले इन्डोनेसियाको लिगा वान क्लब पर्सिजा जाकार्तासँगको सम्झौतामा नविकरण गरेका छन् ।
पर्सिजाले राखेको प्रस्तावलाई स्विकार गर्दै रोहितले क्लबसँग दुई वर्षको नयाँ सम्झौता गरेका हुन् । रोहितले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै रोहित सन् २०२१ सम्म पर्सिजामा रहने छन् ।
सम्झौता रकम भने खुलाईएको छैन । तर, अघिल्ला सिजनको भन्दा राम्रो तलबमा रोहितले क्लबसँग सम्झौता गरेको रोहितको व्यवस्थापन रहिरहेका चन्द ब्रोदर्स प्रालिले जनाएको छ ।
रोहितले सन् २०१३ मा लिगा वान क्लब पीएसपीएसबाट खेल्दै इन्डोनेसिया लिगमा प्रवेश गरेका थिए । त्यसको अर्को सिजन उनी पर्सिजामा अनुबन्सध भएका थिए ।
चोटका कारण उनले सन् २०१५ र १६ को सिजन खेल्न पाएनन् । त्यसपछि नियमित रुपमा उनी पर्सिजाबाट खेल्दै आएका छन् ।
सन् २०१८ मा पर्सिजालाई लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका उनी वर्षको सर्वोकृष्ट खेलाडी घोषित भएका थिए ।