एजेन्सी । एस्टन भिल्ला काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा लेष्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ३-२ को जितसहित भिल्ला फाइनलमा पुगेको हो ।
घरेलु मैदानमा खेलको १२ औं मिनेटमा माट टार्गेटको गोलबाट भिल्लाले अग्रता बनाएको थियो । खेलको ७२ औं मिनेटमा केलीची इहान्चोले गोल गर्दै लेष्टरलाई खेलमा फर्काए ।
तर, खेलको अन्तिम समयमा ट्रेजेगुएटले गोल गर्दै भिल्लालाई २-१ को जित दिलाए । यस अघि पहिलो लेगमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए ।

अब भिल्लाले म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ ।
पहिलो लेगमा सिटी ३-१ ले अघि रहेको छ ।