काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको विभागीय डर्बीमा अहिले नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा पुलिसले १-० गोलको अग्रता बनाएको छ । खेलको १३ औं मिनेटमा कप्तान भोला नाथ सिलवालले पेनाल्टीमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका हुन् ।
रबि पासवानको कर्नरमा भरत साहलाई एपीएफका खेलाडीले डिबक्स भित्र फउल गर्दा पुलिसले पेनाल्टी पाएको थियो । जसमा भोलाले सहजै गोल गरे ।
आज दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
लिगमा रेलिगेशन जोनको नजिक रहेको एपीएफ पुलिसलाई हराउँदै कम्तिमा तालिकामा सुधार गर्न चाहन्छ । एपीएफ पुछारको टोली सरस्वतीभन्दा ४ अंकले माथि छ ।
लिगमा १ जित सहित ५ अंक जोडेको एपीएफ तालिकाको १३ औं स्थानमा रहेको छ ।
पुलिस भने शीर्ष ८ मा रहेको छ । उसले लिगमा शीर्ष ६ को लक्ष्य राखेको छ ।