काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको पहिलो विभागीय डर्बी सोमबार हुँदैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनीक गरेको तालिका अनुसार पहिलो विभागीय डर्बीमा नेपाल पुलिस र शसस्त्र प्रहरी बलको एपीएफ भिड्न लागेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल मध्यान्न १२ बजे सूरु हुनेछ । विभागीय डर्बीमा दुबै टिम महत्वपुर्ण तीन अंक हासिल गर्न चाहन्छन् ।
घरेलु फुटबलमा विभागीय खेलले निकैनै महत्व राख्ने गर्दछ । सोमबार दुबै टिम आफ्नो विभागको इज्जत जोगाउने लक्ष्य सहित खरो रुपमा उत्रनेछन् ।
लिगमा रेलिगेशन जोनको नतिज रहेको एपीएफ पुलिसलाई हराउँदै कम्तिमा तालिकामा सुधार गर्न चाहन्छ । एपीएफ पुछारको टोली सरस्वतीभन्दा ४ अंकले माथि छ ।
पुलिस भने शीर्ष ८ मा रहेको छ । उसले लिगमा शीर्ष ६ को लक्ष्य राखेको छ ।
राष्ट्रिय टिमका तीन खेलाडी बोकेको पुलिस एपीएफलाई सहजै हराउने दाउमा छ ।
पुलिस क्लबका प्रशिक्षक अनन्त राज थापा विभागीय डर्बी निकै महत्वपुर्ण हुने बताउँछन् ।
“विभागीय टिमको खेलले निकै महत्व राख्छ । लिगमा एपीएफ लयमा नहुँदा केहि फाइदा छ । आएको अवसरलाई गुमाउँदैनौ ।” उनी भन्छन् ।
लिगमा तीन खेल जितेको पुलिस ११ अंक सहित तालिकाको आठौं स्थानमा छ । सोमबार पुलिसले दोस्रो पहेलो कार्डका कारण तेज तामाङलाई गुमाउने छ ।
गत सिजनको भेटमा एपीएफले पुलिसलाई घरेलु मैदानमा ४–१ गोल अन्तरले पराजित गरेको थियो । सोमबार पनि एपीएफ सोहि नतिजा निकाल्न चाहन्छ ।
एपीएफ क्लबका प्रशिक्षक राजेन्द्र तामाङ पुलिसविरुद्ध कम्तिमा अंक नगुमाउने लक्ष्यमा हुनेछन् ।
“हामी अहिले तल हुँदा केहि दबाबमा छौं । पुलिस केहि बलियो छ । खेल निकैनै प्रतिस्पर्धात्मक हुनेछ । कम्तिमा अंक नगुमाउने गरि खेल्छौं ।” उनी भन्छन् ।
पुलिसविरुद्ध एपीएफले आफ्ना स्ट्राइकर आशिष लामालाई मुख्य हतियार बनाउने छ ।
लिगमा ५ गोल गरेका आशिष सर्बाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा रहेका छन् । सोेमबार एपीएफका सबै खेलाडी पुलिसविरुद्धको खेलमा उपलब्ध हुनेछन् ।
लिगमा १ जित सहित ५ अंक जोडेको एपीएफ तालिकाको १३ औं स्थानमा रहेको छ ।
पुलिसविरुद्ध जित हात पारे एपीएफ १३ अंक रहेपनि तालिकामा सुधार गर्नेछ । पुलिस पनि एपीएफलाई हराउँदै पाँचौं स्थानमा उक्लने दाउमा हुनेछ ।