एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ ।
आइतबार भएको खेलमा एट्लेटिको १० खेलाडीमा सिमित लेगानेससँग गोलरहित बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा पाएको अवसर खेर फाल्दा एट्लेटिकोले बराबरी खेलेको हो ।
खेलको ९० औं मिनेटमा इभानले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा लेगानेस १० खेलाडीमा समेटिएको थियो ।
लेगानेससँगको बराबरीसँगै एट्लेटिकोले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।
एट्लेटिकोले २१ खेलमा ३६ अंक जोडेको छ । एट्लेटिको चौंथो स्थानमा रहेको छ ।
लेगानेस १५ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।