काठमाडौं । नेपाली राष्ट्रिय टोलीका फरवार्ड सावित्रा भण्डारी रहेको गोकुलम केरेलाले भारतमा जारी हिरो महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
बैंगलोरमा आइतबार भएको खेलमा गोकुलमले श्रीभुमीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
गोकुलमको जितमा सावित्राले निर्णायक गोल गरिन् । उनले खेलको ६७ औं मिनेटमा गोल गरेकी थिइन् ।
गत सिजन सेथुबाट खेलेकी सावित्राले यस सिजन भने गोकुलमबाट खेलिरहेकी छिन् ।
सेथुले गत सिजन लिगको उपाधि जितेको थियो ।
