• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रोमान्चक बन्दै उपाधि होड
नमीन ढकाल
आइतबार, माघ १२, २०७६ नमीन ढकाल
रोमान्चक बन्दै उपाधि होड

काठमाडौं । शीर्ष स्थानको त्रिभुवन आर्मी क्लब आठौं चरणको अन्तिम खेलमा न्युरोड टिम एनआरटीसँग बराबरीमा रोकिएसँगै सहिद स्मारक 'ए' डिभिजन लिगको उपाधि होडमा रोमाञ्चकता छाएको छ ।

आठौं चरणको अन्तिम दिन शनिबार आर्मी एनआरटीसँग गोलरहित बराबरीमा रोकिएको थियो । एनआरटीलाई पराजित गरेको खण्डमा आर्मीलाई शीर्ष स्थानमा ३ अंकको अग्रता लिने अवसर थियो । तर, फिनिसिङमा चुक्दा आर्मी बराबरीमा रोकिन पुग्यो ।

आर्मीको बराबरीसँगै ४२ औं संस्करणको लिगको उपाधि होड रोमान्चक बन्ने देखिएको छ ।

अघिल्लो साता उपाधि दाबेदार मछिन्द्र फुटबल क्लब हिमालयन शेर्पासँग अप्रत्यासित नतिजा व्यहोरेपछि आर्मीलाई उपाधि होडमा सहज भएको थियो । जसबाट आर्मीले ३ अंकको अग्रता पनि बनायो । तर, एनआरटीसँग बराबरीमा रोकिएसँगै आर्मीले शीर्ष स्थानमा मात्र १ अंकको अग्रता बनाउन सफल भएको छ ।

आठौं चरणसम्म -

'ए' डिभिजन लिगमा आठौं चरणका खेल शनिबारबाट सकिएको छ । आठौं चरणको खेल सकिदा लिगमा ५६ खेल सकिएको छ । आठौं चरणको समाप्तिमा आर्मीले १७ अंक जोडेर शीर्षता कायम राखेको छ ।

लिगको हेबी वेट टिम मछिन्द्र १६ अंकसहित दोस्रो र समान अंक जोडेको साविक विजेता मनाङ मर्स्याङ्दी क्लब तेस्रो स्थानमा रहेका छन् ।

१४ अंकसहित थ्री स्टार चौथो स्थानमा रहेको छ । १२ अंक रहेको एनआरटी, जावलाखेल युथ क्लब र संकटा क्लब क्रमशः पाचौं,छैटौं र सातौं स्थानमा रहेका छन् ।

त्यस्तै ११ अंकसहित नेपाल पुलिस क्लब आठौं स्थानमा रहेको छ । ९ अंक जोडेको च्यासल युथ क्लब नवौं स्थानमा छ भने ८ अंक जोडेको ब्रिगेड ब्वाईज र फ्रेन्ड्स क्लब क्रमशः दशौं र ११ औं स्थानमा छन् ।

७ अंकको शेर्पा १२ औं,५ अंकको एपीएफ १३ औं स्थानमा रहँदा १ अंक जोडेको सरस्वती पुछारमा रहेको छ ।

यसरी लिगको तालिका हेर्दा हाल शीर्ष तीन क्लब आर्मी, मछिन्द्र र मनाङ मात्रै उपाधि होडमा देखिएका छन् । तर, शीर्ष सातमा रहेका टोलीबीचको अंक दुरी मात्र ५ अंकको रहेको छ ।

त्यसैले पनि लिगको उपाधि जित्ने अवसर शीर्ष ७ टोलीलाई नै रहेको छ ।

जारी लिगमा अब ३६ खेल खेल्न बाँकी रहेको छ । यस अर्थमा अब प्रत्येक टिमले ५ खेल मात्रै खेल्न बाँकी रहेको छ ।

लिगमा ५ खेल बाँकी रहँदा मनाङ एक्लो अपराजित टिम हो । डिफेन्डिङ च्याम्पियन मनाङले गत सिजन ८ अंकको अग्रता लिँदै कीर्तिमानी आठौं पटक लिगको उपाधि हात पारेको थियो । उसले उपाधि हात पार्दा अन्तिमको एनआरटीसँग २९ अंकको अग्रता थियो ।

यस पटक आर्मी बराबरीमा रोकिएसँगै शीर्ष ४ लाई मुख्य उपाधि दाबेबार मानिएको छ । अन्य टिमले भने शीर्ष ६ मा रहने लक्ष्य बनाएका छन् । लिगको शीर्ष ६ टिमले राष्ट्रिय लिग खेल्न पाउने छन् ।

लिगमा सर्वाधिक गोलकर्ता ?

च्यासलका स्ट्राइकर सन्तोष साहुखल जारी लिगको सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा रहेका छन् । सन्तोषले यस सिजन ६ गोल गरिसकेका छन् ।

राष्ट्रिय टिमका पूर्व स्ट्राइकर रहेका सन्तोषले हालै ए डिभिजन लिगमा १०० गोल पुरा गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।

यस सिजन सन्तोषले संकटा र पुलिसलाई २ गोल गरेका छन् भने मछिन्द्र र ब्रिगेडलाई एक एक गोल गरेका छन् । सन्तोषले गत सिजन ५ खेल खेल्दै ३ गोल गरेका थिए ।

सन्तोषकै ब्याजका अनिल गुरुङ र जुमानु राईले भने गोलको खाता खोल्न सकेका छैनन् । अनिलले र जुमानु दुबैले ७० साल पछि लिगमा गोल गरेका छैनन् । अनिलले गतसिजन थ्रीस्टारबाट खेलेका थिए भने मिसनमा रहँदा जुमानुले लिगनै खेलेनन् ।

यस्तै राष्ट्रिय टिमका सदस्य आशिष लामा दोस्रो स्थानमा रहेको छन् । एपीएफ क्लबका एक्ला स्ट्राइकर उनले ५ गोल गरेका छन् । यस्तै ४ गोल गर्नेमा मनाङका बिमल राना, पुलिसका सुमन लामा र आर्मीका नवयुग श्रेष्ठ रहेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP