काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले संकटा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा संकटा र फ्रेन्ड्सले गोलरहित बराबरी खेलेका छन् ।
निकै रोमान्चक बनेको पहिलो हाफमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।
आज दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।