अर्किड कप फुटबल हुने
सोमबार, २८ पौष २०७६खेलपाटी संवाददाता

काठमाडौं । अर्किड पुपिल सेकेन्डरी स्कुलको आयोजनामा पाँचौं अर्किड कप अन्तरविद्यालय सेभेन 'ए' साइड छात्र फुटबल प्रतियोगिता माघ २४ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा ३२ टिमलाई मात्र सहभागी गराउने निर्णय गरेको अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले जनाएका छन् । गत संस्करणमा ४० टिम सहभागी थिए ।
विजेताले २० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै तेश्रोले १० हजार र चौथोले ५ हजार नगद पुरस्कार पाउने छन् ।
प्रतियोगिताका खेलहरु काँडाघारीस्थित आयोजककै मैदानमा हुने छ । चौथो संस्करणको उपाधि श्रमशीलले जितेको थियो ।






-1771589331372.jpeg&w=3840&q=75)






-1772072487017.webp&w=3840&q=75)
-1772071766108.webp&w=3840&q=75)
-1772071473722.webp&w=3840&q=75)
-1772070961895.webp&w=3840&q=75)