• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सन्तोषको कीर्तिमानी सय गाेल पुरा
नमीन ढकाल
बुधबार, पुस २३, २०७६ नमीन ढकाल
सन्तोषको कीर्तिमानी सय गाेल पुरा

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब र च्यासल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पुलिस र च्यासलले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

रोमान्चक भएको खेलमा पुलिसका लागि निर कुमार राई र सुमन लामाले एक एक गोल गरे । च्यासलका लागि दुवै गोल सन्तोष साहुखलले गरे ।

खेलको ५ औं मिनेटमा निर कुमारले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए । निरले सुमन लामाको फ्रिकिक पासमा भली गोल गरे ।

तर, खेलको १८ औं मिनेटमा सन्तोष साहुखलले गोल गर्दै च्यासललाई खेलमा फर्काए । यससँगै सन्तोषले नेपाली फुटबलकै माथिल्लो श्रेणीको 'ए' डिभिजन लिगमा १०० गोलको कोशेढुंगा पुरा गरे ।

सन्तोष 'ए' डिभिजन लिगमा १ सय गोल गर्ने पहिलो खेलाडी समेत बने । 

सुरुवाती दुई खेलमा ३ गोल गर्दै सन्तोषले लिगमा आफ्नो गोल संख्या ९९ पुर्‍याएका थिए । सन्तोषले यस अघि संकटा क्लबविरुद्ध २ र मछिन्द्रविरुद्ध १ गोल गरेका थिए ।

बिस २०६० सालमा थ्री स्टारबाट लिगमा डेब्यु गरेका सन्तोषले सर्वाधिक गोल पनि थ्री स्टार क्लबबाटै गरेका छन् । उनले थ्री स्टारबाट ६ सिजन खेलेका छन् । जसमा उनले ५२ गोल गरेका छन् । त्यसबाहेक उनले मनाङ, एपीएफ र च्यासलबाट गोल गरेका हुन् ।

त्यसपछि खेलको ४० औं मिनेटमा सुमनले गोल गर्दै पुलिसलाई २-१ को अग्रता दिलाए । तर, दोस्रो हाफमा च्यासलका लागि कीर्तिमानी खेलाडी सन्तोष पुनः नायक बने ।

खेलको ४९ औं मिनेटमा सन्तोषले व्यक्तिगत दोस्रो गोल गर्दै च्यासललाई हारबाट जोगाए । र, सन्तोषले लिगमा आफ्नो गोल संख्या पनि १ सय १ बनाउन सफल भए ।

खेलमा सन्तोष म्यान अफ दि म्याच चुनिए ।

बराबरीसँगै पुलिसले ५ खेलमा ८ अंक जोडेको छ । पुलिस लिगको छैटौं स्थानमा रहेको छ ।

पाँच खेलमा ५ अंक जोडेको च्यासल लिगको नवौं स्थानमा रहेको छ ।

के भन्छन् प्रशिक्षक ?

च्यासलका प्रशिक्षक बाल गोपाल साहुखलले पुलिसविरुद्धको बराबरीले टिमको लय फर्किएको बताए ।

'अघिल्ला दुई खेल हार्दा दबाब भएको थियो । खेलाडीले खेल्न सकिरहेका थिएनन् । यस खेलले आगामी खेलमा राम्रो हुन्छ,' साहुखलले भने, 'सन्तोषको गोलसंगै खेलाडीले राम्रो खेले । अब खेल लयमा आएको छ । हामी लिग जित्न भन्दा शीर्ष चारका लागि खेल्छौं ।'

यस्तै प्रशिक्षक साहुखलले आफ्नो भाई सन्तोषले इतिहास रचेकोमा खुसी भएको बताए ।

पुलिसका प्रशिक्षक अनन्त राज थापाले ३ अंकको लागि खेलेपनि बराबरीमा रोकिनु परेको बताए ।

'मौसमले गर्दा खेल दबाबपूर्ण रह्यो । तीन अंकको लागि खेलेका थियौं। केही टेक्निक समस्याले बराबरी भयो,' थापाले भने, 'विपक्षीले राम्रो खेल खेल्यो । खेल प्रतिस्पर्धात्मक भयो । हाम्रो टिमसँग १०० हान्न सफल भएकोमा सन्तोषलाई बधाई ।'

सन्तोषले कुन क्लबबाट कति गोल गरे ?

बिस - २०६०
थ्री स्टार - ६ गोल

बिस - २०६१
एपीएफ - ६ गोल

बिस - २०६२
थ्री स्टार -९ गोल

बिस - २०६३
थ्री स्टार - ११ गोल

बिस - २०६६-६७
थ्री स्टार - १९ गोल

बिस - २०६८
मनाङ - १६ गोल

बिस - २०६९
थ्री स्टार - १७ गोल

बिस - २०७०
थ्री स्टार - ९ गोल

बिस - २०७५
च्यासल - ३ गोल

बिस - २०७६
च्यासल - ५ गोल

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
भुटानी लिगमा सन्तोष
भुटानी लिगमा सन्तोष
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP