काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा पुलिसले २-१ को अग्रता बनाएको छ ।
खेलको ५ औं मिनेटमा निर कुमार राईले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । निरले सुमन लामाको फ्रिकिक पासमा भली गोल गरे ।
तर, खेलको १८ औं मिनेटमा सन्तोष साहुखलले गोल गर्दै च्यासललाई खेलमा फर्काए ।
त्यसपछि खेलको ४० औं मिनेटमा सुमन लामाले गोल गर्दै पुलिसलाई २-१ को अग्रता दिलाएका हुन।