काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर सन्तोष शाहुखलले सहिद स्मारक 'ए' डिभिजन लिगमा कीर्तिमानी १०० गोल पुरा गरेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार नेपाल पुलिस क्लबविरुद्ध गोल गर्दै सन्तोषले नेपाली फुटबलकै माथिल्लो श्रेणीको लिगमा १०० गोलको कोशेढुंगा पुरा गरेका हुन् ।
च्यासल युथ क्लबबाट लिग खेलिरहेका सन्तोष 'ए' डिभिजन लिगमा १ सय गोल गर्ने पहिलो खेलाडी समेत बने । सन्तोषले खेलको १७ औं मिनेटमा गोल गरेका हुन् ।
सुरुवाती दुई खेलमा ३ गोल गर्दै सन्तोषले लिगमा आफ्नो गोल संख्या ९९ पुर्याएका थिए । सन्तोषले यस अघि संकटा क्लबविरुद्ध २ र मछिन्द्रविरुद्ध १ गोल गरेका थिए ।
सन्तोषको गोलसँगै च्यासलले पुलिसविरुद्ध १-१ गोलको बराबरी समेत गरेको छ ।
बिस २०६० सालमा थ्री स्टारबाट लिगमा डेब्यु गरेका सन्तोषले सर्वाधिक गोल पनि थ्री स्टार क्लबबाटै गरेका छन् । उनले थ्री स्टारबाट ६ सिजन खेलेका छन् । जसमा उनले ५२ गोल गरेका छन् । त्यसबाहेक उनले मनाङ, एपीएफ र च्यासलबाट गोल गरेका छन् ।
सन्तोषले कुन क्लबबाट कति गोल गरे ?
बिस - २०६०
थ्री स्टार - ६ गोल
बिस - २०६१
एपीएफ - ६ गोल
बिस - २०६२
थ्री स्टार -९ गोल
बिस - २०६३
थ्री स्टार - ११ गोल
बिस - २०६६-६७
थ्री स्टार - १९ गोल
बिस - २०६८
मनाङ - १६ गोल
बिस - २०६९
थ्री स्टार - १७ गोल
बिस - २०७०
थ्री स्टार - ९ गोल
बिस - २०७५
च्यासल - ३ गोल
बिस - २०७६
च्यासल - ४ गोल