काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा पुलिसले सुरुवाती अग्रता बनाएको छ । खेलको ५ औं मिनेटमा निर कुमार राईले गोल गर्दै पुलिसलाई अग्रता दिलाए ।
निरले सुमन लामाको फ्रिकिक पासमा भली गोल गरे ।