काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले थ्री स्टार क्लब र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरथित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टारले २-० को अग्रता बनाएको छ ।
थ्री स्टारका लागि सुशान्त श्रेष्ठ र अनन्त तामाङले एक एक गोल गरे ।
खेलको १५ औं मिनेटमा सुशान्तको गोलबाट थ्री स्टारले अग्रता बनाएको थियो ।
त्यसपछि खेलको ४१ औं मिनेटमा अनन्तले गोल गर्दै थ्री स्टारलाई २-० को अग्रता दिलाए ।