एजेन्सी । लिभरपुलका युवा स्ट्राइकर रियन ब्रुस्टरलाई स्वान्सी सिटीले लोनमा अनुबन्ध गरेको छ ।
१९ वर्षीय ब्रुस्टरलाई च्याम्पियनसिप क्लब स्वान्सीले यस सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।
इंग्ल्यान्डमा युवा फरवार्ड ब्रुस्टरले आइतबार एफए कप अन्तर्गत एभर्टनविरुद्धको खेलबाट लिभरपुलको सिनियर टिममा डेब्यु गरेका थिए ।
इंग्ल्यान्डको यू-२१ टोलीका सदस्य ब्रुस्टर सन् २०१७ को फिफा यू-१७ विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका थिए ।
स्वान्सीसँग सम्झौता गरेपछि ब्रुस्टरले क्लबको जर्सीमा मैदान उत्रन निकै उत्साहित भएको बताए ।
च्याम्पियनसिप अन्तर्गत कार्डिफ सिटीविरुद्धको खेलमा उनले क्लबमा डेब्यु गर्ने छन् ।