काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा एनआरटी र जावलाखेलले गोलरहित बराबरी खेलेका छन् ।
खेलमा दुवै टोलीले पाएको अवसर गुमाउदा बराबरी खेलेका हुन् ।
आज जावलाखेल एनआरटीलाई पराजित गर्दै केहि समयको लागि शीर्ष स्थान कब्जा गर्ने दाउमा हुनेछ । यस्तै सुरुवाती खेलबाटै २ अंक खोसिएको एनआरटी पनि जावलाखेललाई पराजित गर्दै शीर्ष ६ मा आफुलाई सुरक्षित गर्न चाहन्छ ।