काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठलाई नियुक्त गरेको छ।
उनले भुटानमा अगस्ट २ बाट सुरु हुने साफ यु -१७ महिला च्याम्पियनसिपमा नेपाली टोलीको जिम्मेवारी सम्हाल्नेछन्।
चार राष्ट्रको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भारतबीच भिड्नेछन्। खेल दिउँसो ३ बजे हुनेछ । अगस्ट २० गते नै साँझ ६ बजे आयोजक भुटानले बंगलादेशको सामना गर्नेछ ।
डबल राउन्ड रोविन पद्दतीमा प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।