काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि रक्षा गरेको टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने भएको छ।
शनिबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको थियो। नेपालले सन् २०२३ मा पनि यो कपको उपाधि उचालेको थियो।
सिंगापुरले प्रस्तुत गरेको ११४ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको हो। योसँगै संगापुर समूह चरणको हारको बदला लिन फेरि चुकेको छ।
यही प्रतियोगितामा भएको पहिलो भेटमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै समूह विजेता बनेको थियो।