काठमाडौं। भुटानले एएफसी महिला एसियन कप छनोट अस्ट्रेलिया २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा बिहीबार लेबननलाई २–१ ले पराजित गर्दै अपराजित यात्रालाई जारी राखेको छ।
अब दक्षिण एसियाली टोली भुटानले आइतबार ईरानसँग खेल्नेछ। लेबननले भने बुधबार मध्य एसियाली टिम सिंगापुरविरुद्ध प्रतिस्पर्धा गर्नेछ। भुटानले पहिलो खेलमा सिंगापुरमाथि ३–२ को जित निकालेको थियो।
फिफा वरीयतामा लेबनानभन्दा ४१औं स्थान तल रहेको भुटानले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा पेमा छिरिङको रिबाउन्ड गोलमर्फत सुरुआती अग्रता लिएको थियो। खेलको ८१औं मिनेटमा लेबननले बराबरी गोल फर्कायो।
लेला इस्कान्दरले सजिलै बक्समा प्रवेश गर्दै पिलार खौरीलाई पास दिइन्। उनले त्यसलाई गोलमा परिणत गरिन्। तर, भुटानको कप्तान पेमा छिरिङले पाँच मिनेटमै पुनः अग्रता दिलाइन्।
डेकी याङ्दोमको थ्रु बलमा दौडिँदै छिरिङले गोलकिपर ब्रेइचेलाई बिट गर्दै गोल गरिन् र भुटानको लगातार दोस्रो जित सुनिश्चित गरिन्।