काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ सम्मिलित पन्जाब एफसीले भारतको आई लिगमा बराबरी खेलेको छ ।
शनिबार भएको खेलमा पन्जाबले ट्राउ एफसीसँग गोलरहित बराबरी खेलेको हो । खेलमा पाएको अवसरमा चुक्दा पन्जाबले बराबरी खेलेको हो ।
यस्तै पन्जाबका गोलकिपर किरणले ट्राउको केहि उत्कृष्ट प्रहार बचाएका थिए ।
यो बराबरीसँगै पन्जाबले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । दोस्रो स्थानको पन्जाबले ६ खेलमा ९ अंक जोडेको छ । २ अंक जोडेर ट्राउ लिगको पुछारमा रहेको छ ।
लिगमा इस्ट बंगाल ५ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।