एजेन्सी । सन् २०२० सुरु भएको छ । अर्थात ‘१०’ को दशक सकिएको छ ।
पछिल्लाे १० बर्ष फुटबलले ठुलो परिवर्तन देख्यो । केही परिवर्तन मानिसको सम्झनामा रहला, केही विर्सिएलान् ।
मानिसले सम्झने दशकका १५ फुटबल ट्रान्सफर प्रस्तुत गर्दैछौ ।
गएको दशकमा धेरै ट्रान्सफर भएका छन् । कति राम्रा थिए, कति नराम्रा । कति त दिक्क लाग्दा पनि । तर यहाँ राम्रा ट्रान्फरको कुरा गर्ने छौ ।
एलिसन, रोमा – लिभरपुल (७२ मिलियन यूरो)
उनी विश्वको हालसम्मकै महँगा गोलकिपर हु्न । तर उनले इटालीबाट आएपछि सो रकम बराबरको काम गरेर देखाएका पनि छन् ।
लिभरपुलमा ब्राजिलियन गोलकिपरले गत सिजको च्याम्पियन्स लिगमा राम्रो खेल प्रदर्शन गरे । उनले इंग्लिस प्रिमियर लिगमा १७ क्लिन सिट पनि प्राप्त गरे । उनी गोल्डेन पञ्जाका विजेता पनि हुन् ।
डेविड सिल्भा, भ्यालेन्सियाबाट म्यान्चेस्टर सिटी (२९ मिलियन यूरो)
सन् २०१० मा भ्यालेन्सियाबाट आएपछि डेविड सिल्भा म्यान्चेस्टर सिटीका कोर प्लेयर बनेका छन् । लिगमा सिटीलाई हेभिवेट सावित गर्न उनले कुनै कसर बाँकी राखेका छैनन् ।
सिटीलाई मिडफिल्डर र अलराउन्ड प्लेयरका रुपमा दशकबाटै राम्रो बनाउनका लागि सिल्भाको योगदान महत्वपूर्ण छ । उनी व्यक्तिगत भन्दा पनि टीममा रमाउने खेलाडी हुन । त्यसैले सिल्भासंग व्यक्तिगत अवार्ड भन्दा धेरैं टोलीका अवार्ड छन् ।
साञ्जो, म्यान्चेस्टर सिटीबाट डर्टमण्ड (८ मिलियन)
हालका विश्वकै धेरै माग भएको खेलाडी हुन्, डर्टमण्डले सन २०१७ मा अनुबन्धन गरेको साञ्जो । उनलाई आठ मिलियन यूरो मात्र तिरेर डर्टमण्डले अनुबन्धन गरेको हो ।
बेलायतको राष्ट्रिय टिममा स्थान बनाइसकेका उनी हाल बुंन्डेसलिगाका चम्किलो तारा हुन् ।
उमेरले १९ मात्र पुगेका उनले सुपरकपमा एक गोल र एक गोलको अवसर सिर्जना गरेका छन् । उनले आउँदो सिजन सो क्लब छोड्न सक्ने पनि बताइएको छ ।
टोनी क्रुस, बायर्नबाट रियल म्याड्रिड (२५ मिलियन)
टोनी क्रुसलाई बयान गर्दै जिनेदिन जिदानले सन् २०१५ मा रियल म्याड्रिडको हराएको सम्बन्ध भनेका थिए । जिदानको यो दाबीलाई उनले सहि सावित गरिदिएका छन् ।
जर्मनी मिडफिल्डर सन् २०१५ मा बायर्नबाट आएपछि रियललाई तीन च्याम्पियन्स लिगको उपाधि दिलाइसकेका छन् । एक पटक ला लिगामा विजेता बनाएका छन् । उनले बल पास दिने शैली र उनको दुरदर्शीता सबैले मन पराउँछन् ।
टेर स्टेगेन, मोन्चेनग्लाडब्याचबाट बार्सिलोना (१२ मिलियन यूरो)
बार्सिलोनामा आएपछि टेच स्तेगेनले आफूलाई प्रमाणित गर्ने कुनै कसर बाँकी राखेका छैनन् । विगतका दुई सिजन जर्मनी गोलरक्षक लागि निकै राम्रो सिजन सावित भएको थियो ।
क्याटालना क्लबमा खस्किएको गोलकिपिङलाई उनले राम्रो बनाएका थिए ।
उनको अतिरिक्त सीपको कुरा गर्दा स्टेगेनले बलका स्किल देखाउनृुका साथै एसिस्ट पनि गरिसकेका छन् ।
कान्टे, कानबाट लेस्टर सिटी (९ मिलियन यूरो)
लेस्टरमा रहदाँ कान्टेको सान नै अलग किसिमको छ । जब क्लबले सन् २०१६ मा प्रिमियर लिग जित्यो, सबैले कान्टेको खुबै चर्चा गरेका थिए । त्यसपछि भने उनी लण्डन क्लब चेल्सी लागे ।
स्टार ईडेन हजार्डले क्लब छाडेपनि कान्टे लण्डन क्लबका मुख्य खेलाडी भएर बसेका छन् ।
गोडेन, भिल्लारियलबाट एट्लेटिको (८ मिलियन यूरो)
एट्लेटिको म्याड्रिडको खेल पछिल्लो दशकमा धेरै रुचाइएको छ । क्लबको खेलमा डिएगो गोडेनको भूमिका सबैभन्दा महत्वपूर्ण रह्यो ।
उरुग्वेका सेन्टर ब्याक एक बलिया रक्षक हुन् । उनलाई खेलप्रेमीले एकल स्टार पनि भन्ने गरेका छन् ।
उनी ला लिगा २०१५÷१६ सिजनको उत्कृष्ट डिफेन्डर चुनिएका थिए ।
माने, साउथह्यामबाट लिभरपुल (३४ मिलियन पाउन्ड)
उनलाई यो सिजनको बोलेन डी’ओर अवावर्डमा मनोनयन गरिएको थियो । तर, कारणबस उनी अवार्ड पाउनबाट चुके ।
सन् २०१६ मा लिभरपुलबाट खेल्न थालेपछि उनी जर्गेन क्लोपको आँखामै बस्न सफल बनेका छन् ।
जेमी भार्डी, फ्लिटउड टाउनबाट लेस्टर सिटी (१ मिलियन पाउन्ड)
लेस्टर सिटीले सन् २०१५-१६ मा आक्रामक शैलीमा प्रिमियर लिग जितेको थियो । त्यो उपाधि यात्रामा जेमी भार्डी नायक थिए । उनले २४ गोल गरेका थिए ।
त्यसपछि उनी प्रिमियर लिगका नयाँ स्टार बने । उनको गोल गर्ने गति अहिलेसमेत कायम छ । चालू सिजनमा समेत उनी गोल्डेन बुटको दौडको शीर्ष स्थानमा छन् ।
सर्जियो अग्युरो, एट्लेटिकोबाट म्यान्चेस्टर सिटी (४० मिलियन यूरो)
सन् २०११ मा उनी सानो रककमा क्लब आएका होइनन् । तर, उनको मूल्य क्लबको टाउको दुखाइको विषय भने बनेन । उनी त्यसयता क्लबका लागि रहस्यमयी नतिजा निकाल्न सधै तत्पर रहेको देखिन्छ ।
डेब्यु् खेलमै गोल गरेपछि उनीले पहिलो सिजनमै लिग जित्ने सपना बोकेका थिए । क्लबको त्यो सपना सन् २०११÷१२ मै पु्रा भयो, म्यान्चेस्टरले लिग जित्यो ।
त्यसमा अग्युरोले नेतृत्वदायी भूमिका खेले । सिटीले उनकै प्रेरणादायी प्रर्दशनमा तीन पटक प्रिमियर लिगको उपाधि जितेको छ ।
ईडेन हजार्ड, लिलीबाट चेल्सी (३५ मिलियन यूरो)
लिग वानमा उत्कृष्ट योगदानपछि उनी सन् २०१२ मा स्टामफोर्ड ब्रिज आए । बेल्जियमका कप्तान समेत रहेका हजार्डले चेल्सीमा ७ सिजन बिताउँदा सधै नम्बर एक खेलाडी बने ।
चेल्सीमा रहँदा उनले प्रिमियर लिगका साथै युरोपा लिग पनि जिते । क्लबले उनकै अगुवाईमा एफए कप पनि जितेको थियो । गत समर विन्डोमा उनी स्पेनिस क्लब रियल म्याड्रिडमा अनुबन्धन भए ।
लुका मोड्रिच, टोटेनह्यामबाट रियल म्याड्रिड (३५ मिलियन यूरो)
सन् २०१२ मा लुका मोड्रिक स्पेनिस क्लब रियल म्याड्रिड आए । त्यसबेला सायदै कसैले सोचेको होला उनले पछि गएर बालोन डी’ओर अवार्ड पाउँछन् भनेर ।
बालोन डी’ओर अवार्ड जित्ने क्षमता भएका खेलाडीलाई ३५ मिलियन यूरोमा अनुबन्धन गर्नु सबै क्लबको सपना हुन्छ । उनी दुई पटक ला लिगाको उत्कृष्ट मिडफिल्डर घोषित भईसकेका छन् ।
रियाद महरेज, ले ह्याब्र्रेबाट लेस्टर सिटी (५ मिलियन यूरो)
लिग टूमा उत्कृष्ट प्रदर्शनीपछि लेस्टरले सन् २०१४ मा महरेजलाई अनुबन्धन गरेको थियो । शान्त स्वभावका खेलाडी महरेजले सन् २०१५÷१६ मा लिग जित्दा १७ गोल गरेका थिए ।
उनलाई त्यसपछि म्यान्चेस्टर सिटीले ६० मिलियन यूरो दिएको थियो । उनलाई यो दशककै धेरै बार्गेनिङ गरिएको खेलाडी मानिएको छ ।
सलाह, रोमाबाट लिभरपुल (४२ मिलियन यूरो)
मोहमद सलाह गत सिजन च्याम्पियन्स लिग विजेता टोली लिभरपुलका मुख्य खेलाडी हुन् ।
लिभरपुलले सलाहलाई सिरी ‘ए’ क्लब रोमाबाट सन् २०१८ मा अनुबन्धन गरेको थियो । त्यसबेला लिभरपुलले उनी प्रति लगाएको मूल्य चर्को भएको चर्चा थियो ।
तर उनले लिभरपुल र आफुप्रतिको मुल्यलाई पुरै न्याय गरे । उनी प्रिमियर लिगकै उत्कृष्ट खेलाडी बनेका छन् ।
उनकै उत्कृष्ट प्रर्दशनमा गत सिजन च्याम्पियन्स लिग जितेको लिभरपुल पुन एक पटक प्रिमियर लिग जित्ने अभियानमा देखिएको छ ।