एजेन्सी । उरुग्वेका फरवार्ड लुइस स्वारेजले स्पेनिस क्लब बार्सिलोनासँगको सम्झौतामा नवीकरण गर्ने संकेत दिएका छन् ।
इन्ग्लिश क्लब लिभरपुलबाट बार्सिलोना आएका स्वारेजले हालै एक अन्तरवार्तामा क्लबमै रहने संकेत गरेका हुन् । क्लबसँगको सम्झौता सकिनै लाग्दा स्वारेजले नवीकरण गर्ने संकेत दिएका हुन् ।
सन् २०१४ मा लिभरपुलबाट बार्सिलोना आएका स्वारेजको क्लबसँगको सम्झौता २०२१ सम्म रहेको छ । तर, ३४ वर्षे फरवार्ड स्वारेजले क्लबमै लामो समय रहने बताएका छन् ।
‘म क्लबमा धेरै खुशी छु । मैले सधै मेरो सम्पूर्ण क्लबलाई दिएको छु,’ स्वारेजले भने, ‘तथ्याङ र संख्याले मलाई फिर्ता गराउँछ । मेरो विचारमा मेरो खेल अझै शीर्षमा छ र जब त्यो समय आउछ हामी एक सम्झौता गर्न सफल हुनेछौं ।’
स्वारेजले बार्सिलोनाका लागि १ सय ८८ गोल गरिसकेका छन् । स्वारेजले यस सिजन २१ खेलमा १३ गोल गरेका छन् ।