• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
च्यासलमाथि जावलाखेलको शानदार जित
नमीन ढकाल
मंगलबार, पुस १५, २०७६ नमीन ढकाल
च्यासलमाथि जावलाखेलको शानदार जित

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबविरुद्ध जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा जावलाखेलले च्यासललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

जावलाखेललाई जित दिलाउन रुप बहादुर लामा र विजय घलानले एक एक गोल गरे ।

बलियो प्रतिद्वन्द्वी च्यासललाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको जावलाखेलले दोस्रो हाफमा दुई गोल गरेको थियो ।

खेलको ८१ औं मिनेटमा रुप बहादुरले गोल गर्दै जावलाखेललाई अग्रता दिलाए । विजय घलानको पासलाई उनले डिबक्स बाहिरबाट पोस्टको जाली चुमाएका थिए ।

त्यसको दुई मिनेटपछि ८३ औं मिनेटमा विजयले गोल गर्दै जावलाखेललाई २-० को जित दिलाए । उनले च्यासलका गोलकिपर एलेन न्यौपानेले बचाएको रिबाउन्डमा गोल गरेका थिए ।

त्यसअघि पहिलो हाफमा च्यासल हाबी भएको थियो । तर, च्यासलले गोल गर्न सकेन ।

खेलको ३४ औं मिनेटमा च्यासलले गोलको सुनौलो अवसर गुमाएको थियो । सुनिल बलले मैदानको बायाँ भागबाट प्रहार गरेको फ्रिकिक पासमा डिबक्स भित्र रहेका छिरिङ गुरुङ गोल गर्न चुके । उनले बाहिर प्रहार गरेका थिए ।

३८ औं मिनेटमा च्यासलले अर्को अवसर गुमाएको थियो । जापानी खेलाडी हायातो वाकिनोको पासमा डिबक्स भित्रबाट कप्तान सन्तोष शाहुखलको प्रहारले पोष्टको दिशा लिन सकेनन् ।

खेलको ४० औं मिनेटमा जावलाखेलका सुरज ठकुरीले डिबक्स बाहिरबाट हानेको प्रहार दोस्रोबारबाट बाहिरिएको थियो ।

दोस्रो हाफमा भने जावलाखेल आक्रामक रुपमा मैदान उत्रिएको थियो ।

जावलाखेलले ६३ औं मिनेटमा अग्रता बनाउने अवसर गुमाएको थियो । डिबक्स भित्रबाट हरि कठायतको प्रहार च्यासलका गोलकिपर एलनले उत्कृष्ट बचाउ गरे ।

Image may contain: 1 person, playing a sport and outdoor

६४ औं मिनेटमा हरिकै फ्रिकिक च्यासलका गोलकिपर एलेनले पन्च गर्दै पोस्ट बाहिर पठाएका थिए ।

त्यस्तै जावलाखेलविरुद्धको खेलमा च्यासलका कप्तान तथा फरवार्ड सन्तोष शाहुखल गोल गर्न असफल भए । जसको कारण सन्तोष लिगमा कीर्तिमानी १ सय गोल गर्न असफल भए ।

लिगमा ९९ गोल गरिसकेका सन्तोष शतक गोलको संघारमा रहेका छन् । जावलाखेलसँगको खेलमा पराजय र गोल गर्न असफल भएसँगै उनलाई कीर्तिमानी गोल गर्न अर्को खेल कुर्नु पर्ने भएको छ ।

खेलमा जावलाखेलका रुप म्यान अफ दि म्याच चुनिए ।

जितसँगै जावलाखेल लिगको तेस्रो स्थानमा उक्लिएको छ । जावलाखेलले ४ खेलमा ८ अंक जोडेको छ ।

च्यासल ४ खेलमा ४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

के भन्छन् प्रशिक्षक ?

च्यासलका मुख्य प्रशिक्षक बाल गोपाल शाहुखलले खेल नियन्त्रण बाहिर जाँदा हार व्यहोरेको बताए । उनले टिमको डिफेन्स कमजोर देखिएको र खेलाडीले पनि अल्छि गरेर खेलेको बताए ।

'खेल राम्रो भएन् । खेल कन्ट्रोल बाहिर गयो । धेरै मिस पास भयो,' उनले भने, 'खेलमा धेरै दबाब लियौं । खेलाडी अल्छी देखिए । यस खेल हेर्दा सबै टिमबाट हामीलाई दबाब हुने देखियो । हाम्रो डिफेन्समा पनि समस्या देखियो ।'

जावलाखेलका प्रशिक्षक नरेश थापाले ३ अंकले टिमलाई धेरै फाइदा पुगेको र आगामी दिनमा यसलाई सुधार गर्दै अझ राम्रो गर्ने बताए ।


'उनीहरुलाई दबाब दिएर खेल्दा राम्रो भयो । अघिल्ला खेलमा दबाब दिएर खेल्दा पनि जित्न सकेका थिएनौ,' थापाले भने, 'अबको दिनमा टिम अझै राम्रो बन्नेछ । ३ अंकले क्लबलाई शेरे सहयोग मिल्छ । हामी शिर्ष ६ का लागि खेल्छौं ।'

Image may contain: 2 people, text

च्यासल प्लेईङ सेट -
एलेन न्यौपाने, अमिर श्रेष्ठ, सन्तोष शाहुखल,सुनिल बल, नितिन थापा,हेमन्त थापा मगर,छिरिङ गुरुङ, अविशेक लिम्बु, हायातो वाकिनो,ताइगा नाकामुरा,संजय राजबाहक

जावलाखेल प्लेईङ सेट -
अरुज सिंह, कुलदिप कार्की,टेकेन्द्र थापा, रुप बहादुर लामा,आडमा डौम्बिया, फोडे फोफाना,गौतम श्रेष्ठ, निर बहादुर आले,सुजित बुढाथोकी,सिमान्त थापा, सुरज ठकुरी

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
जित्न चाहने कप्तान मार्टिनेज
जित्न चाहने कप्तान मार्टिनेज
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
कप्तान किरण ब्रान्ड एम्बेसडर
कप्तान किरण ब्रान्ड एम्बेसडर
आक्रमण लाइन मजबुत बनाउँदै चेल्सी
आक्रमण लाइन मजबुत बनाउँदै चेल्सी
रोनाल्डोको ध्यान छैटौं पटक विश्वकप खेल्नेतिर
रोनाल्डोको ध्यान छैटौं पटक विश्वकप खेल्नेतिर
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
जित्न चाहने कप्तान मार्टिनेज
जित्न चाहने कप्तान मार्टिनेज
भुटानसँग नेपालले टस जित्यो
भुटानसँग नेपालले टस जित्यो
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP