काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले च्यासल युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्समा जारी खेलमा जावलाखेलले २-० को अग्रता बनाएको छ ।
खेलको ८० औं मिनेटमा रुप बहादुर लामाले गोल गर्दै जावलाखेललाई अग्रता दिलाए । त्यसको दुई मिनेट पछि विजय घलानले गोल गर्दै जावलाखेलको अग्रता २-० को बनाए ।