• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
लिगमा आज दुई खेल – सम्पूर्ण जानकारी
खेलपाटी संवाददाता
मंगलबार, पुस १५, २०७६ खेलपाटी संवाददाता
लिगमा आज दुई खेल – सम्पूर्ण जानकारी

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा आज (मंगलबार) दुई खेल हुँदैछन् ।

अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार चौथो चरणको खेल अनुसार मंगलबार च्यासल र जावलाखेल तथा हिमायलन शेर्पा र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

पहिलो खेलमा च्यासल र जावलाखेल बिहान साढे ११ बजे भिड्न सुरु गर्नेछन् । दोस्रो खेलमा हिमालयन शेर्पा र ब्रिगेड दिउँसो ३ बजे भिड्नेछन् ।

लिगमा तीन खेलबाट च्यासलले एक जित, एक बराबर र एक हारबाट ४ अंक जोडेको छ ।

लिगमा अपराजित रहेको जावलाखेलको ५ अंक छ । यस्तै शेर्पा क्लब दुई बराबर र एक हार सहित २ अंक जोडेको छ ।

ब्रिगेड एक जित र दुई हार सहित ३ अंक जोडेर तालिकाको दशौं स्थानमा छ ।

च्यासललाई जावलाखेलको चुनौती

लिगमा अपराजित रहेको जावलाखेल चौथो चरणसम्म आईपुग्दा लयमा देखिन्छ । लिगमा तीन चरणको खेल सकिदाँ उसले हार ब्यहोर्नु परेको छैन । मंगलबार उसले लिगको चौथो खेलमा च्यासल युथको सामना गर्दैछ ।

खेल एन्फा कम्प्लेक्समा बिहान साढे ११ बजे सुरु हुनेछ ।

लिग च्याम्पियन हुने लक्ष्य बनाएको च्यासललाई अपराजित जावलाखेलले कडा चुनौतीको प्रयास गर्नेछ । जावलाखेल युथविरुद्ध च्यासलका फरवार्ड सन्तोष साहुखल थोरै दबाबमा हुन सक्छन् । उनी घरेलु लिग फुटबलमा सय गोलको संघारमा छन् ।

लिग जित्ने लक्ष्य बनाएको च्यासलले तीन खेल सकिदाँ एक जित, एक बराबरी र एकमा हार ब्यहोरेको छ । च्यासल ४ अंक सहित लिगको आठौं स्थानमा छ ।

पहिलो खेलमा संकटालाई २–० ले पराजित गरेको च्यासल दोस्रो खेलमा मछिन्द्रसँग एक एक गोलको बराबरीमा रोकिएको थियो । तेस्रो चरणमा भने एनआरटीसँग २–१ गोल अन्तरले पराजित भएको थियो ।

लिग जित्ने लक्ष्य बनाएको च्यासललाई लिगको उपाधि होडमा फर्कन जित आवश्यक देखिन्छ ।

प्रशिक्षक बाल गोपाल साहुखल जावलाखेल युथविरुद्ध जित हात पार्ने लक्ष्य सहित मैदान उत्रने बताउँछन् ।

‘जावलाखेल राम्रो टिम हो । सन्तुलित टिम छ । तर हामी जितको लागि खेल्छौं । लिग जित्न भनेर अगाडी बढेका छौं । खेलाडीमा आत्माविश्वास छ ।’ उनी भन्छन् ।

गत सिजन दुवै टिमले एक एक गोलको बराबरी खेलेका थिए ।

यता, अपराजित जावलाखेल पनि च्यासलसँग कडा चुनौती दिने बताउँछ । प्रशिक्षक नरेश गिरी बलियो च्यासलसँग आफ्नो टिम भिड्न तयार रहेको बताउँछन् ।

‘च्यासल बलियो टिम हो । उसलाई राम्रो चुनौती दिन चाहन्छौं ।’ उनी भन्छन् ।

जावलाखेलले च्यासलविरुद्ध विदेशी खेलाडी ड्याडी जुनियरलाई गुमाउने छ । उनी दोहोरो पहेलो कार्डको कारण निलम्बनमा छन् ।

जावलाखेलले लिगको पहिलो खेलमा थ्रीस्टार र संकटासँग बराबर खेलेको छ । सरस्वतीलाई पराजित गरेको थियो ।

तीन खेल सकिदाँ जावलाखेल पाँचौं स्थानमा छ । च्यासल आठौं स्थानमा छ ।

शतक खेलको संघारमा ब्रिगेड

२०६१ सालमा पहिलो पटक ब्रिगेड ब्वार्ईज क्लब ए डिभिजन लिगमा बढुवा भएको थियो । त्यसयता निरन्तर लिग खेल्दै आएको उसले मंगलबार लिगमा आफ्नो सय अर्थात शतक खेल खेल्दैछ ।

लिगमा सयौ खेल खेल्दै गर्दा ब्रिगेडले प्रतिद्वन्दीको रुपमा हिमालयन शेर्पा क्लबलाई पाएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

ब्रिगेडले आफ्नो पहिलो संस्करणमा १२ खेल खेलेको थियो भने ६२ सालमा २८ खेल ।

६३ सालमा २६ खेल खेल्दा ६८ सालमा १७ खेल खेलेको थियो ।

यस्तै अन्तिम सिजन १३ खेल मात्रै खेलेको थियो ।

नयाँ सिजन ३ खेल खेलेको ब्रिगेडको समग्रमा लिगमा ९९ खेल पुर्याएको छ ।

ब्रिगेड आफ्नो शतक खेल सुखद् बनाउने लक्ष्यमा छ ।

यता हिमालयन शेर्पा क्लब पहिलो जितको खोजीमा हुनेछ ।

ब्रिगेडका ब्यवस्थापक अर्विन गुरुङ शतक खेलमा सुखद् नतिजा ल्याउने बताउँछन् ।

‘हामी लिगको सयौ खेल खेल्दैछौं । त्यसैले शेर्पाविरुद्धको खेल सुखद् बनाउने लक्ष्यमा छौं । त्यसका लागि तयार पनि छौं ।’ उनले भने ।

उनले शेर्पा र ब्रिगेडको स्तर उस्तै भएकाले आफ्नो टिम जितको लागि खेल्ने बताउँछन् ।

लिगको पहिलो खेलमा मछिन्द्रसँग २–० गोल अन्तरले पराजित ब्रिगेडले दोस्रो खेलमा फ्रेण्ड्सलाई सोहि गोल अन्तरले पराजित गरेको थियो । तेस्रो खेलमा भने मनाङसँग १–० गोल अन्तरले पराजित बनेको थियो ।

मनाङसँगको खेलमा घाईते भएका बिजय गुरुङ शेर्पाविरुद्व खेल्ने बिषयमा टुङ्गो लागेको छैन । मनाङविरुद्व खेल्ने क्रममा विजयको टाउकोमा ६ टाका लागेको छ ।

यता, हिमालयन शेर्पा क्लब समेत ब्रिगेडलाई हराउने दाउमा छ । शेर्पाका प्रशिक्षक सञ्जिव बुढाथोकी ब्रिगेडविरुद्ध जित्नका लागि खेल्ने बताउँछन् ।
‘दुबै टिम बराबरका छौं । तर तीन अंकका लागि खेल्नेछौं ।’ उनी भन्छन् ।

पहिलो र दोस्रो खेलमा विभागीय एपीएफ र पुलिससँग बराबर खेलेको शेर्पा तेस्रो खेलमा भने आर्मीसँग २–० गोल अन्तरले पराजित भएको थियो ।

लिगमा ब्रिगेड दशौं स्थानमा र शेर्पा ११ औं स्थानमा छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
जित्न चाहने कप्तान मार्टिनेज
जित्न चाहने कप्तान मार्टिनेज
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
कप्तान किरण ब्रान्ड एम्बेसडर
कप्तान किरण ब्रान्ड एम्बेसडर
आक्रमण लाइन मजबुत बनाउँदै चेल्सी
आक्रमण लाइन मजबुत बनाउँदै चेल्सी
रोनाल्डोको ध्यान छैटौं पटक विश्वकप खेल्नेतिर
रोनाल्डोको ध्यान छैटौं पटक विश्वकप खेल्नेतिर
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
जित्न चाहने कप्तान मार्टिनेज
जित्न चाहने कप्तान मार्टिनेज
भुटानसँग नेपालले टस जित्यो
भुटानसँग नेपालले टस जित्यो
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP