एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा उपाधि दाबेदार क्लब बोरुसिया डर्टमण्ड पराजित भएको छ ।
शुक्रबार राति भएको खेलमा डर्टमण्ड होफेनहाइमसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
होफेनहाइमको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा डर्टमण्ड पराजित भएको हो ।
खेलको १७ औं मिनेटमा मारियो गोट्जेको गोलबाट डर्टमण्डले सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको ७९ औं मिनेटमा सर्गिस एडमयनले गोल गर्दै होफेनहाइमलाई खेलमा फर्काए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा आन्द्रेज क्रमारीकले गोल गर्दै होफेनहाइमलाई २-१ को जित दिलाए ।

यो हारसँगै डर्टमण्डले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । चौंथो स्थानको डर्टमण्डले १७ खेलमा ३० अंक जोडेको छ ।
होफेनहाइम २७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
