एजेन्सी । इन्ग्लिश क्लब आर्सनलले मिकेल अर्टेटालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
आर्सनलले शुक्रबार म्यानचेस्टर सिटीका सहायक प्रशिक्षक अर्टेटालाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । पेप ग्वार्डीवाला सन् २०१६ मा सिटी आएपछि उनी सहायक प्रशिक्षक बनेका थिए ।
आर्सनलले मुख्य प्रशिक्षक उनाइ इम्रीलाई बर्खास्त गरेको तीन सातापछि ३७ वर्षीय अर्टेटालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
अर्टेटाले क्लबसँग साढे तीन वर्षको सम्झौता गरेको छ ।
स्पेनिस प्रशिक्षक अर्टेटाका पूर्व मिडफिल्डर पनि हुन् । आर्सनलमा पाँच वर्ष खेलेका उनले एफए कप जितेका थिए ।
अर्टेटाको नेतृत्वमा आर्सनलले शनिबार एभर्टनसँग उसैको मैदानमा खेल्नेछ ।