काठमाडौं । आयोजक ब्रिजवाटर इन्टरनेसनल कलेज प्रथम ब्रिजवाटर कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटबल प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
ब्रिजवाटरले जेभियर इन्टरनेसनल कलेजलाई ३–० गोलले पराजित गर्दै क्वाटरफाइनल पुग्ने पहिलो टोली बन्यो । ब्रिजवाटरका ‘म्यान अफ द म्याच’ सुभराज महत, प्यारजन राई र चन्द्रबहादुर ओझाले गोल गरे ।
विनायक शिक्षा निकेतनले कोटेश्वर बहुमुखी क्याम्पसलाई ११–१ तथा लिटिल एन्जल्स (एलए) ले लिभरपुललाई २–० गोलले हराउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
विनायकका सुनेश थाहा श्रेष्ठ तथा एलएका दिनेश ठाकुर ‘म्यान अफ द म्याच’ घोषित भए ।