काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले मछिन्द्र फुटबल क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा च्यासलले १- ० को अग्रता बनाएको छ ।
च्यासलले सन्तोष शाहुखलको गोलबाट अग्रता बनाएको हो । उनले खेलको २८ औं मिनेटमा गोल गर्दै च्यासललाई १-० गोलको अग्रता दिलाएका हुन् । सन्तोषले डिबक्स बाहिरबाट बाँया खुट्टाले उत्कृष्ट गोल गरे ।
यस गोलसँगै 'ए' डिभिजन लिगमा सन्तोषले ९९ औं गोल पुरा गर्न सफल भएका छन् । लिगमा शतकीय गोल हान्न सन्तोषलाई मात्र १ गोलको कमी रहेको छ ।