एजेन्सी । इन्ग्लिश क्लब आर्सनलले मिकेल अर्टेटालाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने भएको छ ।
आर्सनलले म्यानचेस्टर सिटीका सहायक प्रशिक्षक अर्टेटालाई मुख्य प्रशिक्षक नियुक्त गर्न लागेको हो ।
अर्टेटालाई आर्सनलले शुक्रबार मुख्य प्रशिक्षक घोषणा गर्नेछ । ३७ वर्षे अर्टेटालाई सिटीले बिहिबार विदाई गरिसकेको छ ।
आर्सनलले मुख्य प्रशिक्षक उनाइ इम्रीलाई तीन साता अघि बर्खास्त गरेको थियो । त्यसयता आर्सनल सहायक प्रशिक्षकको नेतृत्वमा प्रतिस्पर्धा गरिरहेको छ ।