एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा बराबरी खेलेको छ ।
आइतबार राति भएको खेलमा युनाइटेड एभर्टनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
ओल्ड ट्राफोर्डमा मासन ग्रीनवुडले खेलको ७७ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई हारबाट जोगाएका हुन् ।
त्यसअघि खेलको ३६ औं मिनेटमा भिक्टर लेन्डीलोफको आत्मघाती गोलबाट एभर्टनले अग्रता बनाएको थियो ।

बराबरीसँगै छैटौं स्थानको युनाइटेडले २५ अंक जोडेको छ । १८ अंक जोडेको एभर्टन १६ औं स्थानमा रहेको छ ।

यस्तै अर्को खेलमा टोटेनहमले वुल्भ्सलाई २-१ गोल अन्तरले हराएको छ ।
टोटेनहमको जितमा लुकास मौरा र जान भेर्टोनघेनले एक एक गोल गरे । वुल्भ्सका आडम ट्राओरेले एक गोल फर्काए ।
जितसँगै पाँचौं स्थानको टोटेनहमले २६ अंक जोडेको छ ।

