एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा नापोली घरेलु मैदानमा पराजित भएको छ ।
शनिबार राति भएको खेलमा नापोली पर्मासँग २-१ गोल अन्तरले पराजित भएको हो ।
नापोलीको मैदानमा चौंथो मिनेटमा डिजन कुलुसेभास्कीले गोल गर्दै पर्मालाई अग्रता दिलाएका थिए ।
६४ औं मिनेटमा इरिक मिलिकले गोल गर्दै नापोलीलाई खेलमा फर्काए । तर, खेलको इन्जुरी समयमा गेर्भिन्होले गोल गर्दै पर्मालाई २-१ को जित दिलाए ।
जितसँगै पर्मा लिगको सातौं स्थानमा उक्लिएको छ । पर्माले १६ खेलमा २४ अंक जोडेको छ ।
नापोली २१ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
