एजेन्सी । ईङ्ल्याण्डका जोडन साञ्चोले लगातार ६ खेलमा गोल गर्दा बोरुसिया डर्टमण्डले मेन्जलाई ४–० गोल अन्तरले पराजित गरेको छ ।
उनी युरोपको शीर्ष ५ लिगमा सबै प्रतियोगितामा १० गोल गर्नुका साथै गोलको अवसर सिर्जना गर्ने पहिलो खेलाडी बनेका छन् ।
पाहुना टोली डर्टमण्डलाई ३२ औ मिनेटमा मार्को रिउसले अग्रता दिलाएका थिए ।
साञ्चाले ६६ औ मिनेटमा डर्टमण्डको अग्रता दोब्बर बनाएका थिए । डान एक्सल जगडौको क्रसलाई सदुपयोग गर्दै साञ्चोले दोस्रो गोल गरेका थिए ।
थोरंग हजार्डले ६९ औ मिनेटमा क्लबका लागि तेस्रो गोल गरे । खेल सकिन ६ मिनेट अगाडी निको शुल्जले डर्टमण्डका लागि गोल गर्दै फराकिलो जित दिलाए ।

साञ्चो पछिल्लो समय नोभेम्बर ९ को खेलमा गोल गर्न असफल थिए । तर उनले करियरको २१ औ बुन्डेशलिगा गोल गर्न सफल भएका छन् ।
दुई युवा खेलाडी होस्र्ट कोप्पल र कई हावर्टजले २४ गोल गर्दै किशोर अवस्थामा सो सफलता हात पारेका छन् ।
जितसंगै डर्टमण्ड २९ अंक सहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । मेन्ज १५ अंक सहित तालिकाको चौधौ स्थानमा रहेको छ ।