एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा आज (शनिबार) ६ खेल हुदैछ ।
लिग लिडर लिभरपुललाई अंक तालिकामा अग्रता बढाउने अवसर प्राप्त छ ।
लिभरपुल १६ खेलबाट ४६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । उसले दोस्रो स्थानको लेस्टर सिटीसंग ८ अंकको अग्रता लिएको छ ।
लिभरपुलले घरेलु मैदानमा वाटफोर्डलाई आतिथ्यता प्रदान गर्न लागेको छ । मैदान उत्रदै गर्दा लिभरपुललाई चोट ग्रस्त खेलाडीको सूचिले पिरोल्नेछ ।
लिभरपुलका रक्षापङ्तीका डेजन लोवरेनले वाटफोर्डविरुद्वको खेल गुमाउनेछन् । उनले च्याम्पियन्स लिगमा रेडबुल शाल्जवर्गविरुद्ध खेल्दा चोट बोकेका थिए ।
यस्तै जोएल माटिप घुँडाको चोटका कारण यसबर्ष मैदानमा देखिने छैनन् । फाबिन्हो र नथानिएल क्लाइन समेत लिभरपुलको जर्सीमा देखिने छैनन् ।
वाटफोर्डमा नयाँ प्रशिक्षक निगेल पियर्सनको नेतृत्वमा पहिलो पटक खेल्दैछ । डिफेन्डर क्रेग डासन टाउकोमा लागेको चोटबाट मुक्त हुँदै मैदान फर्कदै छन् ।
लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले आफ्नो ध्यान तालिकामा नभएको बताउँछन् ।
‘हामीले धेरै खेल खेल्नुछ । मलाई तालिकासंग कुनै चासो छैन ।’ उनी भन्छन् ।
वाटाफोर्डका नयाँ प्रशिक्षक पियर्सनले मैदानमा प्रमाणित गर्नुपर्ने चुनौती आफुलाई रहेको बताए ।
‘मलाई एक क्लबको रुपमा पहिचान दिएको छ कि मैदानमा पुन आफुलाई परिभाषित गर्न आवश्यक छ । तर मलाई लाग्छ, हामी गर्न सक्छौ ।’ उनले भनेका छन् ।
आजै राति हुने अन्य खेलमा वर्नलीले न्युक्यासललाई आमन्त्रण गर्नेछ भने चेल्सीको मैदानमा वर्नेमाउथले खेल्नेछ ।
नर्विच सिटी लेस्टर सिटीको भ्रमणमा निस्किदाँ एन्टन भिल्लाले सेफिल्ड युनाईटेडसंग खेल्नेछ । साउथ ह्याम्पटनले वेस्ट ह्याम युनाईटेडसंग प्रतिस्पर्धा गर्नुपर्नेछ ।