काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको उद्घाटन खेल सरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार अपरान्ह तय भएको मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाईज क्लबबीचको उद्घाटन खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा सरेको हो ।
बर्षाका कारण दशरथ रंगशालाकाे मैदान खेल्न याेग्य नभएपछि उद्घाटन खेल सरेको हाे । अब मछिन्द्र र ब्रिगेड ब्वाईजबीचको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
खेल पुर्वनिर्धारित समय अपरान्ह ३ बजे सुरु हुनेछ ।
एन्फाले विशेष कारण खेल स्थल सरेको जनाएपनि शुक्रबार परेको बर्षाले मैदान हिलाम्य हुँदा खेल अयाेग्य बनेकाे थियाे ।
बर्षा भएपनि शुक्रबार नेपाल निलो र जापानी टिमबीच रंगशालामा खेल भएको थियो ।