एजेन्सी । लिभरपुलका मिडफिल्डर जेम्स मिल्नरले क्लबसंगको सम्झौता नविकरण गरेका छन् ।
उनले प्रिमियर लिगको लिडर लिभपुलसंग सन् २०२२ सम्म क्लबमै रहने नयाँ सम्झौता गरेका छन् ।
३३ बर्षका उनले सन् २०१५ मा फ्रि–ट्रान्सफर अन्तर्गत लिभरपुल आएका थिए ।
उनले गत सिजन लिभरपुलबाट च्याम्पियन्स लिग जितेका थिए ।
'पक्कैपनि यो मेरा लागि सम्मान हो । यहाँ रहेर जति सक्दो उच्च स्तरको खेल्नुनै हो ।' उनले भने ।
'निकै लामो बाटो तय गर्नुपर्नेछ । तर हामी सधै आफुलाई बृद्वि गर्दै क्लबलाई सफल बनाउनेछौ ।' मिल्नरले थपे ।
प्रशिक्षक योर्गेन क्लोपसंग सम्झौता नविकरण भएको दिन मिल्नरको समेत सम्झौता थपिएको हो ।

उनले सन् २००२ मा लिड्सबाट १६ बर्षको उमेरमा प्रिमियर लिगमा डेब्यु गरेका थिए ।
उनले ईङ्ल्याण्डका लागि सन् २००९ सम्म ६१ क्याप खेलेका छन् । उनले सन् २०१६ मा राष्ट्रिय फुटबल टिमबाट सन्यास लिएका थिए ।
उनले लिभरपुलबाट १ सय ९८ खेल खेल्दै २५ गोल गरेका छन् । उनले यस सिजन २१ खेल खेलेका छन् ।
लिभपुलले प्रियिमर लिगमा ८ अंकको अग्रता लिएको छ भने च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको छ ।