एजेन्सी । अर्जेन्टिनाका पूर्व स्ट्राइकर इजेक्युइल लाभेजीले फुटबलबाट सन्यास घोषणा गरेका छन् ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र इटालियन क्लब नापोलीका पूर्व स्ट्राइकर लाभेजीले ३४ वर्षको उमेरमा फुटबल बुट थन्काउने घोषणा गरेका हुन् ।
लाभेजीले शुक्रबार सामाजिक संजालबाट सन्यास घोषणा गरेका हुन् ।
लाभेजीले अर्जेन्टिनाबाट ५१ खेलमा ९ गोल गरेका थिए । उनले सन् २०१६ बाट अर्जेन्टिनाबाट खेलेका छैनन् ।

नापोलीबाट १ सय ८८ खेलमा ४८ गोल गरेका लाभेजीले क्लबबाट कोपा इटालिया जितेका थिए ।
यस्तै लाभेजीले पीएसजीबाट चार पटक लिग वान उपाधि जितेका थिए ।
