काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले इन्डोनेसियन लिगा वानमा फराकिलो जित निकालेको छ ।
शुक्रबार भएको खेलमा जकार्ताले मदुरा युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गरेको हो । जकार्ताको जितमा मार्को सिमिकले ह्याट्रिक गरे । यस्तै रीज्की रामडानीले एक गोल गरे ।
सिमिकले पहिलो हाफमै ह्याट्रिक पुरा गरेका थिए । युनाइटेडविरुद्धको खेलमा रोहितले पुरै ९० मिनेट मैदानमा बिताएका थिए ।
जितसँगै साविक विजेता समेत रहेको जकार्ता लिगको १२ औं स्थानमा उक्लिएको छ । जकार्ताले ३२ खेलबाट ४१ अंक जोडेको छ ।
जकार्तासँग पराजित युनाइटेड ४७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

