एजेन्सी । इन्ग्लिश क्लब लिभरपुलका मुख्य प्रशिक्षक जोर्गेन क्लोपले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
जर्मन प्रशिक्षक क्लोपले शुक्रबार लिभरपुलसँगको सम्झौतामा नवीकरण गरेका हुन् । नयाँ सम्झौतासँगै क्लोप सन् २०२४ सम्म क्लबमा रहने छन् ।
क्लोप सन् २०१५ मा लिभरपुल आएका थिए । क्लोपले लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि दिलाईसकेका छन् ।
यस्तै गत सिजन प्रिमियर लिगमा उपविजेता बनाउन सफल क्लोप यस सिजन क्लबलाई च्याम्पियन बनाउने लक्ष्यमा रहेका छन् ।
यस सिजन लिभरपुल अंक तालिकामा ८ अंकले अघि रहेको छ।