काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको निलो टिमले आज जापानको जेएफएल यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली निलो र जेएफएल यू-२३ टिमबीचको खेल ३ बजे सुरु हुनेछ । र, जापानी टिमविरुद्ध नेपाल निलोको कप्तानी भोला सिलवालले गर्ने भएका छन् ।
पूर्व राष्ट्रिय फुटबल टिमका सदस्य भोलाको कप्तानीमा नेपाल निलोको सुरुवाती-११ को घोषणा भएको छ ।
यस्तै टिममा रुपेश केसी, रबी पासवान,सुवास गुरुङ, सुमन लामा, लक्ष्मण रुचाल, हेमन्त थापा मगर, छिरिङ गुरुङ, विजय धिमाल, अजित भण्डारी र अर्पण कार्की रहेका छन् ।
जेएफएल यू-२३ टिममा जापानी फुटबल लिगका खेलाडी रहेका छन् ।
जापानी टिम र नेपाल निलोबीच खेलका लागि एन्फाले भिआइपीतर्फ १ हजार र सामान्य प्यारापिटतर्फ ५ सयको टिकट मूल्य राखेको छ ।
यस्तै जापानी टोलीले 'ए' डिभिजन क्लब मनाङ मर्स्याङ्दीसँग आइतबार खेल्नेछ ।
